पत्रकार ऋषिकान्तलाई लेखनाथ पत्रकारिता पुरस्कार
पाेखरा | पुस ११, २०८१
पोखरा: लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका पत्रकारमध्ये प्रत्येक वर्ष १ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएकोमा यसपालि ऋषिकान्त पौडललाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ ।
पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन अध्यक्ष भीमपाणि बराल रहेका थिए ।
दुई दशक अघि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता सुरु गरेका पौडेल हाल रेडियो नेपालमा आबद्ध छन् । पौडेलले कान्तिपुर टेलिभिजन, एभि न्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक,पोखरा टेलिभिजन लगायत संचार संस्थामा आवद्ध भई समाचार संकलन तथा सम्पादनको माध्यमबाट लेखनाथ क्षेत्रको उनन्यनका लागि कार्यगरिसकेका उनी लेखनाथ पत्रकार मञ्चका संस्थापक सदस्य तथा सल्लाहकार समेत भइसकेका छन् ।
उनले पोखराका पहिलो पत्रकार स्व. जगन्नाथ सिग्देलको स्मृतिमा सन्चालित हिमदुत पत्रकारीता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारका साथै विभिन्न सामाजिक संघ संस्थावाट पुरस्कार समेत पाइसकेका छन् पौडेल नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनी पोखरा महानगरपालिका वडा नंं. ३१, पचभैयाका स्थायी वासिन्दा हुन् ।
यसअघि सो पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् ।
पुरस्कार १५ पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिनेछ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

